काठमाडौँ, लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत, भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखाका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर र रामेछाप घर भएका १९ वर्षीय नवीन राउत पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी गराएको छ ।
यी चार जनाले सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका थिए । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।