जुम्ला, हरेक वर्ष घटस्थापना अघि असोज कृष्ण त्रयोदशीका दिन जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो तान्ने प्रचलन अनुसार नेपाली सेनालगायत स्थानीयहरुले आज लिङ्गो फेर्न लागेका छन् । जुम्ला जिल्लाभर आज बिहीबार कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।