काठमाडौं, ग्लोबल आईएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ । नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवद्र्धन तथा विकासमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई दुई विधामा अवार्ड प्रदान गरिएको हो ।
बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा पुरस्कार प्राप्त गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) र फोनपे क्यूआर कारोबारमा गरेको प्रदर्शनका आधारमा यी अवार्ड प्राप्त गरेको जानकारी दिएको छ ।
बैंकका ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एप प्रयोग गरी एक बैंकबाट अर्को बैंकमा सहजै रकम स्थानान्तरण गर्न तथा फोनपे क्यूआरमार्फत विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने व्यवस्था छ । डिजिटल माध्यमबाट हुने यस्ता कारोबारलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन बैंकले सेवा विस्तार गर्दै आएको जनाएको छ । ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै विद्युतीय भुक्तानी प्रणालीको प्रयोग बढाउन बैंकले खेलेको भूमिकाको कदरस्वरूप सम्मान प्रदान गरिएको बैंकले उल्लेख गरेको छ ।
डिजिटल बैंकिङ सेवाप्रति ग्राहकको बढ्दो आकर्षण तथा ग्राहककेन्द्रित सेवाले यो उपलब्धि हासिल गर्न सहयोग पु¥याएको बैंकको भनाइ छ । पछिल्लो समय मोबाइल बैंकिङ, क्यूआर भुक्तानी तथा डिजिटल रकम स्थानान्तरणजस्ता सेवाको प्रयोग बढ्दै जाँदा बैंकहरूले पनि प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता दिँदै आएका छन् ।
बैंकले आगामी दिनमा डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण तथा विद्युतीय भुक्तानी पूर्वाधारको विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई थप सहज र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि बैंकले व्यक्त गरेको छ ।