उदयपुर, कटारी नगरपालिका–६ सागुरी पुलस्थित वनबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्रामसहित ताप्ली गाउँपालिका–२ धपेनी बस्ने २२ वर्षीय विश्वराज राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।