भरतपुर, भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । चितवनमा सोमबार भएको साधारण सभाले कम्पनीको उक्त प्रश्ताव पारित गरेको हो । यस्तै सभाले कम्पनीको जारी पुँजी ४२ करोड रुपैयाँबाट बढाएर ७५ करोड रुपैयाँ पुर्याउने र बोनस सेयर वितरणपछि २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गरेको छ भने आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गरेको छ । कम्पनीले आवश्यक कानुनी प्रक्रिया तथा नियामकीय स्वीकृति पूरा गरी आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ । कम्पनीले डब्लुपिसी ढोका, फ्रेम, वाल प्यानल तथा फाइबरजन्य सामग्री उत्पादन गर्दै आएको छ ।