काठमाडौं, ग्राण्डी डेभलपर्स प्रालिले काठमाडौंको टोखामा सस्तो घर निर्माण गर्न लागेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’मा ग्राण्डी डेभलपर्सले सस्तो रेटमा घर सम्पन्न गरी बिक्रीवितरण गर्ने योजनासहित सस्तो रेटसहितको घर सार्वजनिक गरेको हो ।
ग्राण्डी डेभलपर्सका सञ्चालक आभास कुँवरले टोखा नगरपालिकाको झोरमा एक करोड ४० लाख रुपैयाँमै घर निर्माण गर्न लागिएको जानकारी दिए । झण्डै ३ आना क्षेत्रफलमा ग्राण्ड कोलोनीभित्र निर्माण हुन लागेको दुईतले घरमा ३ बेडरुम, २ वाथरुम र एक कार पार्किङ गर्न मिल्नेछ । अन्य समयमा एक करोड ५० लाखमा बिक्रीवितरण गरिने उक्त घर प्रदर्शनीमा बुकिङ गर्नेलाई १० लाख सस्तो दरमा बिक्रीवितरण गर्न लागिएको सञ्चालक कुँवरले बताए ।
२०० घर निर्माण गर्ने योजनासहित सुरु गर्न लागिएको ग्राण्ड कोलोनीभित्र सुरुमा ५० घर निर्माण गरिनेछ । उक्त घर सुरुमा १० लाख रुपैयाँ तिरेर बुकिङ गर्न सकिने र अन्य पैसा विस्तारै दुई वर्षभित्र तिरिसक्नेगरी उक्त कम्पनीले अफर सार्वजनिक गरेको छ । उक्त घर हेर्नका लागि अहिले भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा ग्राहकको भीड लागेको छ ।