काठमाडौं, इनड्राइभले नेपालीहरूको महान् चाड दशैं–तिहारको अवसर पारेर यात्रुहरूका लागि विशेष चाडपर्व क्याम्पेन ‘सुनको सवारी’ सुरु गरेको छ ।
क्याम्पेनअन्तर्गत यात्रुहरूले इनड्राइभमार्फत राइड्स पूरा गरी ५ ग्रामका सुनका सिक्का, सामसुङ स्मार्ट टीभी र स्मार्टवाचलगायतका आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । छ हप्तासम्म सञ्चालन हुने यो क्याम्पेन अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म जारी रहनेछ । दशैं र तिहारको समयमा किनमेल, परिवार तथा आफन्तसँगको भेटघाट, टीका तथा अन्य चाडपर्व गतिविधिका कारण यात्राको आवश्यकता बढ्ने भएकाले यात्रुहरूको दैनिक यात्रालाई थप उत्साहपूर्ण र यादगार बनाउने उद्देश्यले इनड्राइभले यो क्याम्पेन ल्याएको हो । क्याम्पेनअन्तर्गत यात्रुहरूले हरेक हप्ता पूरा गर्ने राइड्सको संख्याका आधारमा विभिन्न लक्की ड्रमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । एक हप्तामा ५ वा सोभन्दा बढी राइड्स पूरा गर्ने यात्रुहरू ५ ग्राम सुनको सिक्का जित्ने लक्की ड्रका लागि योग्य हुनेछन् ।
त्यस्तै, ३ वा सोभन्दा बढी राइड्स पूरा गर्ने यात्रुहरू ३२ इन्च सामसुङ स्मार्ट टीभी जित्ने अवसरका लागि सहभागी हुन सक्नेछन् भने कम्तीमा एउटा राइड पूरा गर्ने यात्रुहरू स्मार्टवाच लक्की ड्रमा सहभागी हुनेछन् । छ हप्ताको अवधिमा इनड्राइभले यात्रुहरूलाई कुल ६ वटा ५ ग्राम सुनका सिक्का, ६ वटा ३२ इन्च सामसुङ स्मार्ट टीभी र १२ वटा स्मार्टवाच प्रदान गर्नेछ । यात्रुहरूले क्याम्पेन अवधिभर इनड्राइभमार्फत यात्रा पूरा गरेपछि स्वतः लक्की ड्रका लागि योग्य हुनेछन् ।