नेपालमा भैपरिआउने बाढी पहिरोबाट हुने विनास, विपत्ति जसबाट हुने क्षति, हामी धेरै मानिसहरूले पटक–पटक देख्दै, सुन्दै र भोग्दै आएका विपत्तिहरू हुन् । नेपालको संरचना प्राकृतिकरुपमै तराई, पहाड र हिमाली भूबनोटले बनेको सम्पदा भएकोले हिमाली भेगबाट पहाड हुँदै तराईतर्फ झर्ने पानीको बहाब तिव्र गतिमा बग्छ नै । माटो ढुङ्गा र पहाडको साँगुरा खोज हुदै वेगको साथ ओरालो र त्यसमाथि वर्षाद् यामको पानीको बहाबसँगै ढुङ्गा, माटो, गेग्रान, रुख, बनबुट्यानसहित आएको बाढीले बिध्नरुपमा विनाशको दायरा बढाउँछ । समय–समयमा हुने भूकम्प, चट्याङ, हावा आँधिवेहोरी, डडेलो, बाढी पहिरोले फर्केर हेर्दा प्राकृतिक विपत्तिको भयवह रुप मात्र देखाउँदैन । जसले हाम्रो समाज, मानवीय क्षति, मानवबाट निर्मित संरचना, निजी वा सरकारी जग्गा जमिन, राज्यको संरचना जे परिआउँछ त्यो विध्वंसकारी नै बन्न सक्छ ।
नेपालको इतिहासमा फर्केर हेर्दा यस्ता प्रकृतिक घटना र विपत्ति धेरै भएका छन् । आफूले सुने जाने र बुझेअनुसार मेरो हजुर बुबा र बुबाले भन्नुहुन्थ्यो १९९० सालमा आएको भूूकम्पले धनजनको ठूलो क्षति गरायो । धेरै घर संरचनाहरू भत्किए, हजारौ मानिसहरूको मृत्युु भयो । त्यसपछि आफैंले थाहापाए अनुसार २०५० सालमा काठमाडाँै राजधानी स्थित बागमतीमा वर्षादको बाढीले नदी किनारा आसपासमा घरजग्गासहित पसल व्यावसाय, सडक बाटोलगायत धनजनको ठूलो क्षति पुर्यायो । वर्षाद् अधिक हुँदा विसं. २०६५ मा भारतले बाँध बाँधेर लगेको कोशीनदीको तटबन्ध भत्किँदा नदीले बगिरहेको धार परिवर्तन हुदा हजारौं बिघा खेती भइरहेको खेतियोग्य जमिन बगेको, निजी घर सरकारी भवन संरचना बगाएर लगेको र केही मानिस मृत्यु हुनुका साथसाथै एकलाख भन्दा बढी मानिसहरू विस्थापित हुन पुगेको कुरा सञ्चार माध्यमले बताएको थियो । २०७१ मा कर्णाली बाढीले खेतबारी बगर बनाउनुको साथसाथै सडक बाटो पूर्वाधार विकासको ठूलो क्षति पुर्यायो ।
२०७२ वैशाख १२ गते मध्याह्नमा गएको ७.४ रेक्टर को भुइचालोले घरबार विहीनसहित १ अर्बजति क्षति पुग्न गयो । त्यसपछि २०७८ साल असार महिनामा काठमाडौं हामी उपत्यका बसीहरूको लागि ल्याइएको र सञ्चालनमा आएको मेलम्चीको पानी वितरणमा आएको ६ महिना नबित्दै मेलम्ची खोला र हेलम्बु खोलामा ढुङ्गा, माटो र बालुवा रुखपातसहित आएको बाढीले २२ वर्ष लगाएर बनाइएको अनि २३ अर्बभन्दा बढी लगानी भइसकेको उक्त मेलम्ची खानेपानी आयोजनामा बाढी पस्न जाँदा वरिपरिका बस्ती, सडक बाटो, पुल र मेलम्ची संरचनामा २ अर्बभन्दा बढीको क्षति भएको मेलम्ची खानेपानी आयोजनाको तथांङकले पुष्टि गरेको थियो भने २५ जना मानिसको मृत्यु भएको जनाएको थियो । यी भए हामी सँगसँगैका पुस्ताले विगतमा भोगेका घटना र सिकाएको पाठ ।
नेपाल र हामी नेपाली यतिखेर रसुवा भोटेकोशीबाट आएको विध्वंसकारी बाढीको असान्दर्भिक पीडाले आफ्ना आफन्त मात्र होइन, हामी हरेक नेपाली मात्र होइन, छिमेकी मुलुक चीन, भारत मात्र होइन हरेक मुलुकका मानिसहरू गहिरो शोक र गहिरो चोटको पीडामा परेको कुरा सर्वविदितै छ ।
२०८३ भदौ १० गते बुधबार बिहान ८.९ बजे आसपास चीनको तिब्बत क्षेत्रमा रहेको पानीको हिमतालमा हिमपहिरो जाँदा भरिएको ताल फुटेर चीन तिब्बत हुँदै नेपालको उत्तरी भेग रसुवा जिल्लाको भोटेकोशीबाट भुत जस्तै बनेर उच्चालिएर तिव्र गतिमा आएको अप्रत्यासित, विध्वंसकारी बाढीले चीन रसुवा जिल्लाको नाका केरुङ हुँदै रसुवा, टिमुरे, धुन्चे, स्याप्रुबेसी, सोले, मैलुङ, नुवाकोट जिल्ला वेत्रावती हुँदै त्रिशूली नदीमा मिसिएर त्रिशूली अनि विदुर ढुङ्गे बजार, धुनिबेसी, देवीघाट, बेलकोटगढी ८ जिलिङ सिमखेत, बेलकोटगढी ७ को सिमखेत, ठूलोखोला, खाल्टे रातमाटे, धादिङ जिल्लाको गल्छी, बैरेनीलगायतका नदी किनारका आसपास घर बस्ती र धान, गहुँ, मकै कृषि खेती योग्य जमिनलगायत धनजनको ठूलो क्षति भई असान्दर्भिक रुपमा आएको तिव्र गतिको बाढीले भस्मासुर बनाएर बगरमा परिणत गरिदिएको छ । यी सबै ठाउँका सरकारी बिल्डिङ, घर, पसल, होटल, पुल, सडक, अफिस, घर घरायसी सरसामान र सवारी साधन बगाउनुको साथै कयौं रोपनी कृषि भूमि नष्ट भए ।
साथै, १२ वटा हाइड्रोपावर जलविद्युत् परियोजनामध्ये सञ्चालनमा रहेका ४ जल विद्युत् परियोजना नष्ट भए । निर्माण प्रक्रियामा रहेका ८ वटा जलविद्युत् परियोजना पानीसँगै संमिश्रण लेदो, ग्रेगर बाढी पसेर क्षति पुग्नुको साथै सुरुङभित्र काम गरिरहेका मजदुरहरू कत्ति त मृत्यु भइसकेका त कतिको उद्धार भएसँगै कतिले नयाँ जीवन प्राप्त गरेका छन् । एउटै खोलाबाट आएको उर्लँदो बाढीले सयौं मानिसको पलभरमै एउटै चिहान बनायो ।
पुस्तौँ अघिदेखिका र आफूले संघर्षको पसिनाबाट आर्जन गरेर ठड्याइएको घर, पसल, सवारी साधन, बाबू, आमा, दाजुभाइ, दिदी बहिनी बालबालिका छोरा छोरी गुमाउनु पर्दा कसको मन नरोला त ? भोटेकोशी बाढीमा परेर १५ सयको हाराहारी मानिसको मृत्युु घोषित भइसकेको छ र ७ हजारभन्दा बढी मानिस उद्धार गरिएको, उद्धारको क्रम अझै जारी रहेको अझ कति सास भएका र लास भएका कति निस्कने हो ठेगान् छैन पनि । प्रारम्भिक सरकारी तथांक विवरण अनुसार यस घटनाबाट ६ हजार ५ सयभन्दा बढी निजी आवास र सरकारी भवन प्रभावित एवं हानीनोक्सानी बनायो । पालेका गाई, भैंसी, कुखुरा, बाख्रा त कति हो कति । नदी किनारामा फसेका, बाढी नदीबीचको घर टहरामा फसेका र निर्माणाधीन सुरुङभित्र फसेका लगायतबाट निकालेर हेलिकप्टरद्वारा हजाराँै मानिसहरूको उद्धार र उपचार गरिएको छ भने भदौ महिना अन्त्य अथवा यो लेख तयार पार्दासम्म ४ हजारभन्दा बढी सम्पर्क विहीनको खोजमेलसहित उद्धार कार्य अझै जारी छ । यसले विकास निर्माण कार्यमा सिथिल बनाएको छ भने मुलुकको समग्र अर्थतन्त्र मै गम्भीर नकारात्मक प्रभाव पारेको छ ।
रसुवा भोटेकोशी बाढीको वितण्डाबाट हामीले सिक्नुपर्ने पाठ धेरै छन् । जलविद्युत् निर्माण त नदी खोलाकै तिरमा बन्ने बनाउनुपर्ने कुरो हो तर नदी खोला किनारामा घर वस्ती बसाल्दा के कस्तो क्षति नोक्सानी हुँदो रहेछ भन्ने कुरो यस घटना क्रमले पूर्णरुपमा हामी सबै मानिसलाई सिकाएको छ । राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अबको राष्ट्रिय पुननिर्माणको काम अघि बढाइरहँदा नदी खोला किनारामा सरकारी भवन, घरबार बस्ती बसाल्नु हुँदैन भन्नेतर्फ ख्याल गर्नुपर्ने देखिन्छ ।