वासिङटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताउनुभएको छ । उनले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुन सक्ने उल्लेख गरेका छन् ।
ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन र रुसले इरानलाई सहयोग गरिरहेका छन् भन्ने कट्टरपन्थी वामपन्थीका टिप्पणी देखिरहेको छु । उनीहरूले सहयोग गरिरहेका छन् भने पनि निकै कम स्तरमा छ । तर, उनीहरूले सहयोग गरिरहेका छन् भन्ने मलाई विश्वास छैन ।’ गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको करिब डेढ घण्टा लामो टेलिफोन वार्तामा आर्थिक सहयोग, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो ।