काठमाडौँ, नेपालमा टीभीएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुई अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।
दुबइ, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टीभीएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो । उक्त सम्मेलनमा टीभीएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो । जगदम्बा मोटर्सलाई ‘समग्र सेवा उत्कृष्ट प्रदर्शन’ र ‘उत्कृष्ट उत्पादन एकाइ–एसिया’ गरी दुई अवार्ड प्रदान गरेको हो । यससँगै विभिन्न देशका वितरकहरूको सहभागिता रहेको विश्वव्यापी मञ्चमा नेपालको नामसमेत सम्मानित भएको छ । विशेषगरी ‘समग्र सेवा उत्कृष्ट प्रदर्शन’ अवार्ड निकै महत्वपूर्ण रहेको छ ।
यसले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवासहितको सम्पूर्ण सर्भिस नेटवक टीभीएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको छ । जगदम्बा मोटर्सले दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्स, पारदर्शी सेवा र देशभरको नेटवर्कमार्फत छिटो तथा प्रभावकारी ग्राहक सेवाका माध्यमबाट यी उच्च सेवा मापदण्डलाई निरन्तर कायम राख्ने प्रतिबद्धता जनाएको छ ।