काठमाडौ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन सक्ने भएका छन् ।
एनसेल र ट्रान्क्विलिटी स्पाबीचको साझेदारीपछि छुट उपलब्ध गराइएको हो । साझेदारीअन्तर्गत, ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकहरूले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा बाइ वान गेट वान अफर पाउनेछन् । यसले दुई जनालाई एकको मूल्यमा सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराउँछ । एक्लै सेवा लिने ग्राहकहरूले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् । यी लाभहरू नेपाली नागरिकहरूका लागि मात्र उपलब्ध छन् । ९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान उपभोग गर्ने ग्राहकहरूले पनि विशेष लाभ पाउन सक्नेछन् । युवा तथा अन्य ग्राहकहरूले स्पा सेवामा एकमुस्ट २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकहरूले १० प्रतिशत छुट पाउनेछन् ।
साझेदारी सम्झौता हालै मात्र एक कार्यक्रमबीच एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले आदानप्रदान गरेका थिए । अफरको लाभ लिन ग्राहकहरूले एनसेल एप खोली पार्टनर्ड सर्भिसहरूमा गई ट्रान्क्विलिटी स्पा चयन गरी आधिकारिक आउटलेटमा रिडिम गर्न सक्नेछन् । एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानमा आधारित हुनेछ । योग्य नभएका ग्राहकहरूले योग्य प्याक वा योजना खरिद गरी लाभ उठाउन सक्नेछन् ।