काठमाडौं, पी.एल.ओ. ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सबै प्रस्ताव पारित गरेको छ ।
सभाले चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ । त्यस्तै, लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पारित भएका छन् । यसैबीच, पूर्वाञ्चल ल्युब आयलले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको तयारीलाई अघि बढाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ । आईपीओ निष्कासनमार्फत पूँजी विस्तार गर्दै व्यवसायलाई थप विस्तार गर्ने कम्पनीको योजना छ ।