काठमाडौं, नेपालमा विदेशी शरणार्थी अझै बढ्ने खतरा बढेको छ । भारत सरकारले जम्बुमा रहेका १५ हजारभन्दा बढी संख्यामा रहेको रोहिङ्गा शरणार्थीहरु बसेको झुपडबस्तिमा डोजर लगाउन थालेपछि ती रोहिङ्गा शरणार्थी नेपाल पस्ने तरखरमा रहेको बताइएको छ । जम्बुबाट उठिबास लगाएर छपाइएका रोहिङ्ग शरणार्थी नेपाल पस्ने तरखरमा रहेको बताइएको छ।
जम्बुबाट उठिबास लगाएर धपाइएका रोहिङ्ग शरणार्थीलाई दिल्ली उत्तर प्रदेश, उत्तराखण्ड, झारखण्ड विहार प्रदेशका सरकारले कतै पनि बस्न नदिने भएपछि म्यानमार फर्कने संभाना नरहेका रोहिंगा नेपाल भारतबीचको खुला सिमाको सदुपयोग गर्दै नेपाल छिर्ने सम्भावना बढ्दै गएका हो । २०४७ सालमा यसैगरी भारत हुँदै नेपाल छिरेका भुटानी शरणार्थीलाई नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले स्वागत गरेपछि नेपालमा भुटानी शरणार्थी समस्यापछि एउटा विकाराल समस्या बनेको थियो र रोहिंगा शरणार्थी समस्या पनि भविष्यमा नेपालका लागि त्यस्तै टाउँको दुखाइको बिषय बन्ने संकेत देखिएको छ ।
अहिले नेपालमा २१ हजार २३० जना प्रमाणित विदेशी शरणार्थी रहेका छन् । हालै सुनसरीको देवानगञ्ज स्थित कप्तानगंजमा भएको मुश्लिम धार्मिक दंगापछि गरिएको एक प्रकारको शरणार्थी गणना प्रक्रियामा २१ हजार भन्दा बढी औपचारिक शरणार्थी रहेको भेटिएको हो । तीमध्येका शरणार्थीहरुमा तिब्बती १३ हजार ७ सय, भुटानी ६ हजार ५ सय, रोहिङ्ग ५१९, पाकिस्तानी ३६५, बंगलादेशी ४७, अफगानी ३४, सुडानी १६, इरानी ५, श्रीलङकन –१४, यमन –३ र युक्रेनका ९ जना रहेका छन् ।