काठमाडौं, आईसीएफसी फाइनान्स लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अमित श्रेष्ठले पाएका छन् । श्रेष्ठ यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को जिम्मेवारीमा थिए । कम्पनीको असोज २३ गते बसेको सञ्चालक समिति बैठकले उनलाई असोज २५ गतेदेखि लागू हुने गरी कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।