काठमाडौं, नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यसअन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको हो ।
कम्पनीले टेलिकमका विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाएको छ । अल नेट भ्वाइस प्याक अन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याक उपलब्ध हुनेछन् । यी प्याकहरुको समयावधि क्रमशः १, ३, ७, ३० र ३० दिन हुनेछ । सजिलो अनलिमिटेड अन्तर्गत ६९९ रुपैयाँमा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ ।
त्यसैगरी १ हजार ४९९ रुपैयाँमा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ । पोस्टपेड प्रयोगकर्ताहरुले ३७३ रुपैयाँ रेन्टल चार्जमै उपलब्ध हुने विभिन्न प्रकारका भ्वाइस र डाटा प्याकका साथै अन्य विभिन्न प्रकारका कम्बो प्याक प्रयोग गर्न सक्ने छन् । भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरुसमेत उपलब्ध रहेका छन् ।
त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् । फरक क्षमता भएका व्यक्तिहरुका लागि समेत छुट्टै प्याकेज उपलब्ध छ । अटम अफर असोज २६ देखि लागू भएको कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट स्टार १४१५ ह्याक्स डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरुसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।