काठमाडौं, काठमाडौं–युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले थाइल्याण्डको पटायामा ‘युनाइटेड डिलर्स समिट २०८३’ आयोजना गरेको छ ।
समिटमा नयाँ उत्पादन समेत सार्वजनिक गरिएको थियो । कम्पनीले बाइक तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल र चेन ल्युब सार्वजनिक गरेको हो । यससँगै डिजेल एक्जस्ट फ्लुइडसमेत बजारमा ल्याइएको छ । नयाँ उत्पादनको विस्तारसँगै ग्राहकको बदलिँदो आवश्यकता तथा बजारको मागअनुसार आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्ने दिशामा कम्पनी अघि बढेको जनाएको छ ।
समिटमा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । भिडोल र नेपाल गोल्ड लुब्रिकेन्टका डिलरहरूले कार्यक्रममा कम्पनी तथा डिलरबीचको सहकार्य, बजारका अवसर, व्यावसायिक सम्भावना तथा आगामी योजनाबारे अनुभव आदानप्रदान र छलफल गरेका थिए । कार्यक्रममा उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई अवार्ड वितरण गरिएको थियो ।