काठमाडौं, इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सीसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो ।
काठमाडौँको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको हो । नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक विरासत, मौलिक इटालियन डिजाइन र थप शक्तिशाली राइडिङ अनुभवलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीले जनाएको छ । ‘एन इटालियन मास्टरपिस’ अर्थात् इटालियन कलाको उत्कृष्ट नमुनाका रूपमा परिचित भेस्पाले आफ्नो विशिष्ट डिजाइन, आकर्षक बनावट र छुट्टै पहिचानमार्फत विश्वभरका राइडरमाझ विशेष स्थान बनाएको छ । नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै नेपाली ग्राहकलाई १५० सीसी क्षमतामा थप शक्तिशाली विकल्प उपलब्ध गराएको कम्पनीको भनाइ छ । भेस्पाको मौलिक इटालियन शैली, आकर्षक डिजाइन र विशिष्ट पहिचानलाई कायम राख्दै ल्याइएको नयाँ मोडलले स्टाइलसँगै दैनिक यात्रामा थप पावर खोज्ने राइडरको अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
भेस्पा लामो समयदेखि स्कुटरभन्दा बढी व्यक्तिगत शैली, मौलिकता र जीवनशैलीको प्रतीकका रूपमा परिचित छ । पुस्तौँदेखि राइडरलाई आकर्षित गर्दै आएको यसको पहिचानलाई कायम राख्दै नयाँ १५० सीसी मोडलले नेपाली बजारमा भेस्पाका विकल्पलाई थप विस्तार गरेको छ । डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीको सार्वजनिकरण कम्पनी र नेपालका भेस्पा ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले नयाँ भेस्पा १५० मा इटालियन डिजाइनका साथै आधुनिक प्रविधि र उत्कृष्टि पर्फर्मेन्स पनि हुने बताए । इटालियन डिजाइन, विशिष्ट पहिचान र दैनिक यात्राका लागि उपयुक्त स्कुटर खोज्ने ग्राहकलाई नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले आकर्षित गर्ने कम्पनीको अपेक्षा छ । नयाँ मोडलका विशेषता तथा उपलब्धताबारे थप जानकारी लिन ग्राहकहरूले नेपालभर रहेका भेस्पाका आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नेछन् ।