विश्वमा मान्यता प्राप्त ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेका छन् । ती १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये नेपालमा ८ वटा रहेका छन् । ती हुन्, विश्वकै अग्लो हिम शिखर ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ । विगतमा ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’को उचाइ कहिले बढेको, कहिले घटेको भन्ने समाचार आई रहन्थ्यो । त्यसैले यो हिम शिखरको नाप–जाँच नेपाल सरकार र चीन सरकारले पछिल्लो पटक सन् २०२० मा संयुक्त रुपमा गरेको गरेको थियो । नयाँ नाप–जाँचअनुसार ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ हिमालको आधिकारिक उचाइ ८,८४८.८६ मिटर (२९,०३१ फिट) मानिएको छ । त्यस्तै गरेर विश्वको तेस्रो अग्लो हिमाल चाहिँ कञ्चनजङ्घा हिमाल हो । जुन हिमालको उचाइ ८,५८६ मिटर रहेको छ ।
उता विश्वको चौथो अग्लो हिमाल ल्होत्से हो । र ल्होत्से हिमालको उचाइ ८,५१६ मिटर रहेको छ भने, पाँचौं अग्लो हिमाल चाहिँ मकालु हो । मकालु हिमालको उचाइ ८,४६३ मिटर हो । साथै विश्वको छैठौं अग्लो हिमाल चोओ यु हो । यो हिमालको उचाइ ८,१८८ मिटर रहेको छ । उता विश्वको सातौ अग्लो हिमाल धौलागिरि हो । यो हिमालको उचाइ ८,१६७ मिटर हो । विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८,१६३ मिटर रहेको छ । त्यस्तै विश्वको १०औं अग्लो हिमाल अन्नपूर्ण–१ हो । यसको उचाइ ८,०९१ मिटर रहेको छ ।
यो लेखमा कञ्चनजङ्घा हिमाल विश्वको तेस्रो अग्लो हिमाल भए तापनि किन यो क्षेत्रमा कम विदेशी पर्यटक मात्रै भ्रमण गर्न आउँछन् ? भन्ने सम्बन्धमा उल्लेख गर्ने प्रयास गरिएको छ । नेपाल र सिक्किम (सन् १९७५ मा भारतले आफ्नो २२औं प्रान्तका रुपमा विलय गरेको) कोे सीमा क्षेत्र (कञ्चनजङ्घाको थोरै भाग सिक्किमा पर्छ ) मा रहेको कञ्चनजङ्घा हिमालको उचाइ ८,५८६ मिटर रहेको छ भन्ने माथि उल्लेख भई सकेको छ । विश्वको तेस्रो अग्लो हिमालका रुपमा रहेको भए तापनि कञ्चनजङ्घा हिमाल एवम् यस वरिपरिका क्षेत्रले अहिलेसम्म अपेक्षित रुपमा विदेशी पर्यटक आकर्षित गर्न नसकेको अवस्था छ । त्यसमा धेरै कारणहरु हुन सक्छन् । मुख्यतयाः कञ्चनजङ्घा हिमाल एवं त्यस वरिपरि पदयात्रा गर्न जानलाई केही बढी सलामी (रकम) दस्तुर तिर्नुपर्ने हुन्छ । त्यसै गरी यो क्षेत्रको पदयात्रा गर्न जाने पदयात्रीले सडक मार्गको यातायातका माध्यबाट काठमाडौं, सुनसरीको इटहरी, झापाको बिर्तामोड, पाँचथरको फिदिम (फेदेन), ताप्लेजुङको फुङलिङ भएर दुई÷साढे दुई बस यात्रा गर्नुपर्ने हुन्छ ।
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको शिर (अमिनि वा सुकेटार भनिन्थ्यो, पहिले ) मा ट्वीनअट्टर विमान बस्न सक्ने हवाइ मैदान पनि छ । तथापि सो विमानस्थलमा नियमित रुपमा हवाइ उडान हुन नसक्दा विदेशी पर्यटकका साथै स्थानीय बासिन्दाबीच विमानस्थलको सदुपयोग हुन सकेको छैन । त्यसमा पनि पछिल्लो पटक त सो विमानस्थलको धावन मार्गको स्तनोत्तरी एवं कालोपत्रे (पिच) समेत गरिसकिएको छ । तर अझै पनि सो विमानस्थलमा नियमित रुपमा हवाइ उडान हुन सकेको छैन । अर्को काठमाडौँबाट सीधै ताप्लेजुङको सुकेटार हवाइ उडान गर्दा असाध्यै महँगो भाडा लाग्ने गरेको छ भने, विराटनगर वा झापा जिल्लाको भद्रपुरबाट हवाइ उडान गर्न सक्ने देखिन्छ, सुकेटारमा निजी क्षेत्रका हवाइ सेवा कम्पनीहरुले चाहेमा । खासमा विराटनगरबाट त तत्कालीन शाही नेपाल वायु सेवा कम्पनी (शानेवानी) ले हवाइ उडान गर्ने गरेको पनि थियो, विगतका दिनहरुमा । त्यसरी काठमाडौंदेखि विराटनगर अथवा भद्रपुरसम्म गाडी–बसमा आएर फेरि विराटनगर अथवा भद्रपुरबाट हवाइ जहाज चढेर सुकेटार आउनुभन्दा यात्रुहरुलाई बसबाटै काठमाडौं–ताप्लेजुङ सिधै आउनु कम झन्झटिलो, कम खर्चिलो हुन्छ । साथै यात्रुहरुको समयको बचत हुन्छ । त्यसैले गर्दा नै हुनुपर्छ, पछिल्लो पटक हवाई जहाजभन्दा बस, जिप, ट्याक्सी, निजी गाडीका माध्यमबाटै नै धेरै जसो मानिसहरु विराटनगर, सिलगुडी, विर्तामोड, काँकडभित्ता, धरान, इटहरी, चितवन, काठमाडौं, भैरहवा, बुटवल, पोखरालगायत सहरमा ओहोरदोहोर गर्छन् ।
जे होस्, कञ्चनजङ्घा हिमालले धेरै जसो विदेशी पर्यटकलाई अहिलेसम्म आकर्षित गर्न नसक्नुका अनेक कारणहरु छन् । जस्तै यो हिमाल रहेको क्षेत्र र त्यस वरिपरि पदयात्रा गर्न चाहने विदेशी पर्यटकले सलामी दस्तुर केही महँगो तिर्नु पर्छ भन्ने त माथि नै भनी सकिएको छ । त्यसै गरी यो हिमाल एवा् यस वरिपरिका क्षेत्रमा भ्रमण गर्न चाहने पदयात्रीले कम्तिमा १५, १६, १७, १८ दिनदेखि २४, २५, २६, २८ दिनसम्मको समय छ्ट्याउनुपर्ने हुन्छ । त्यस्तै गरेर यो हिमाल र यसको वरिपरि पदयात्रा गर्ने पदयात्रीहरुले पदयात्रा अनुमतिपत्र बाहेक एक जना बराबार प्रति हप्ता प्रति पदयात्रीहरुले पहिलो ४ हप्ताका लागि २० अमेरिकी डलर अलग्गै शुल्क तिर्नुपर्छ, नेपाल सरकारलाई । साथै ४ हप्ताभन्दा बढीको समय लागेमा पुनः प्रति हप्ताको २५ अमेरिकी डलर शुल्क तिर्नुपर्ने हुन्छ । यी र यस्ता कारणले गर्दा पनि अपेक्षित रुपमा विदेशी पदयात्रीहरु जति आकर्षित गर्न सक्नुपर्ने हो, त्यति आकर्षित गर्न नसकेको हो कि, कञ्चनजङ्घा हिमालले ? अझ तथ्य कुरो त के हो भने, हामीले कञ्चनजङ्घा हिमालका महत्वका साथै त्यस वरिपरिकोे जैविक विविधता, वातावरीण स्वच्छता, जातीय एवम् भाषिक विविधता आदिका बारेमा प्रचार प्रसार गर्न सकेका छैनौं भन्दा लाज मान्नु पर्दैन ।
यो लेख विगत ६ वर्षमा कञ्चनजङ्घा हिमाल एवं त्यस वरिपरिका क्षेत्रमा पदयात्रा गर्न आएका विदेशी पर्यटकको संख्या उल्लेख गर्ने प्रयास गरिएको छ । त्यसरी ६ वर्षको तथ्य–तथ्याङ्क हेर्दा सन् २०१९ मा ९११ जना विदेशी पर्यटकहरु कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्न गएका थिए । सन् २०२० मा चाहिँ केवल ५५ जना विदेशी पर्यटकले मात्रै कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका थिए । एक्कासी कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्न जाने विदेशी पर्यटकको सङ्ख्या कसरी घट्यो ? भन्दा सन् २०१९ को अन्त्यतिर कोरोना महामारी फैलनुलाई मुख्य कारण मान्नुपर्छ । जसले गर्दाखेरि लगभग ३ वर्ष नै विश्व पर्यटन आगमनमा नकारात्मक असर परेको थियो ।
त्यस्तैै सन् २०२१ मा चाहिँ १३७ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्न गएका थिए । सन् २०२२ मा लगभग ५ गुणाले सङ्ख्या बढेर ८५८ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्र भ्रमण गर्न गएको देखिन्छ । साथै सन् २०२३ चाहिँ झण्डै आधा सङ्ख्याले घटेर ४०५ जना विदेशी पर्यटकले मात्रै कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेका थिए । तापनि सन् २०२४ मा चाहिँ ठूलो सङख्यामा बढेर १,९०२ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्न गएका थिए भने, सन् २०२५ मा १,६८० पुनः घटेर जना विदेशी पर्यटकले मात्रै कञ्चनजङ्घा क्षेत्र भ्रमण गरे । यो भनेको सन् २०२४ तुलनामा ११.६७ प्रतिशत कम रहेको थियो ।
अबका दिनमा हामीले कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउन र अरु धेरै विदेशी पर्यटकलाई सो क्षेत्रमा भ्रमण गर्न प्रेरित गर्न विभिन्न सहुलितयका साथै छुटको व्यवस्था गर्नेतिर पो सोच्ने हो कि त ? त्यसो गर्न सकेदेखि अहिले आई रहेको संख्याभन्दा बढी संख्यामा विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्न आउने थिए कि ? विश्वको तेस्रो अग्लो हिमाल भन्दैमा ह्वार–ह्वार्ती विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अनि त्यस वरिपरिको क्षेत्रमा भ्रमण गर्न आउलान् भन्न सकिन्न, अहिलेसम्मको आगमन हेर्दाखेरि...