काठमाडौ, काठमाडौँको भृकुटीमण्डपमा हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको विशेष आकर्षण देखिएको छ । एक्स्पोमा चेरी वान्डाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ ।
‘मेहेनती हातको विश्वासिलो साथ’ ट्यागलाईनसहित एक्स्पो अवधिभर चेरी वान्डाले आफ्ना ग्राहकका लागि बिना धितो हायर पर्चेज सुविधा समेत उपलब्ध गराएको थियो । यस सुविधाले विशेषगरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई थप सहज बनाएको कम्पनीको भनाइ छ । चेरी वान्डाका विद्युतीय सवारीहरू मन्टेश्वरीस्कुल तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि उपयुक्त रहेका छन् । एक्स्पोमा विशेषगरी मन्टेश्वरीस्कुल सञ्चालकहरूले ११ र १२ सिटर गाडीप्रति विशेष रुचि देखाएका थिए ।
त्यस्तै, होटल तथा ट्राभल एजेन्सी व्यवसायीहरूले १६ सिटर विद्युतीय सवारीमा विशेष आकर्षण देखाएको कम्पनीले जनाएको छ । नाइमा एक्स्पोको स्टल नम्बर नं १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीहरू प्रदर्शनमा राखिएका थिए ।