काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन दुई दशमलव २५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार १९ दशमलव ३४ अंकले ओरालो लागेर २६ सय २२ दशमलव ४८ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५५ अंकले ओरालो लागेर चार सय ६१ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४७ वटा कम्पनीहरुको ५५ हजार दुई सय ४६ पटकको कारोबारमा एक करोड ५१ लाख ९६ हजार नौं सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब सात करोड ३५ लाख १८ हजार छ सय ६२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक उकालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।