काठमाडौं, शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से ४१ दशमलव ७० अंकले उकालो लागेर २७ सय १९ दशमलव २४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २२ अंकले उकालो लागेर चार सय ७२ दशमलव ६० बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४३ पटकको कारोबारमा एक करोड २२ लाख ४५ हजार तीन सय ३७ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार नौं सय ७९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक खुम्चिएपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।