काठमाडौं, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित पात्ले जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ कलंकी बस्ने ३२ वर्षीय विजय खत्रीसमेत ६ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ५ सय रूपैयाँ र १७ थान ओखरसहित पक्राउ गरेको हो ।
बुटवल उपमहानगरपालिका–३ गोलपार्कबाट जुवातास खेलिरहेको अवस्थामा देवदह नगरपालिका–५ बस्ने ३४ वर्षीय आकाश गुरूङसमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ६ सय ८५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।