काठमाडौँ, डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले कम बजेटमै आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गरिदिने योजना सार्वजनिक गरेको छ । कम्पनीले जग्गा भएका तर ठूलो बजेट नभएका र आफैं खटिएर घर बनाउन नसक्ने परिवारलाई लक्षित गरेर यो योजना सार्वजानिक गरेको हो ।
कम्पनीले ग्राहकसँग भएको साढे तीन आना जग्गामा साढे दुई तले आधुनिक घर सम्पूर्ण निर्माण सामग्रीसहित ७७ लाख ७७ हजार रुपैयाँको बजेटमै बनाइदिने योजना अघि सारेको छ । निर्माण लागत बढिरहेको बेला गुणस्तरीय सामान प्रयोग गरेर घर बनाउने योजनामा रहेका परिवारलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रस्तावित घरमा भुइँतलामा १ बीएचके, पहिलो तलामा २ बीएचके र दोस्रो तलामा २ शयनकक्ष रहनेछन् । कम्पनीले उपलब्ध जग्गाको अधिकतम सदुपयोग गर्दै परिवारको आवश्यकता, सुविधा र आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर घरको डिजाइन तथा संरचना तयार गर्ने बताएको छ ।
यस योजनाअन्तर्गत दशैंअघि घर निर्माणको एग्रिमेन्ट गर्ने ग्राहकलाई ३ लाख रुपैयाँसम्मको मोड्युलर किचन निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । आधुनिक भान्सासहित पूर्ण फिनिसिङ भएको घर निर्माण गर्ने उद्देश्यले ग्राहकलक्षित विशेष दशैं अफर ल्याइएको हो । यो अफरले घर निर्माणको लागत व्यवस्थापनमा ग्राहकलाई थप सुविधा पुग्ने कम्पनीको विश्वास छ ।
कम्पनीले यो योजना विशेष गरी सीमित बजेटमा आफ्नै जग्गामा आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गर्न चाहने मध्यम वर्गीय नेपाली परिवारलाई उपयुक्त हुने जनाएको छ । घर निर्माण गर्न इच्छुक ग्राहकले आफ्नो जग्गाको विवरणसहित कम्पनीमा सम्पर्क गरी डिजाइन, वास्तु परामर्श, लागत तथा निर्माण प्रक्रियाबारे आवश्यक जानकारी लिन सक्नेछन् ।