काठमाडौँ, भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भी८० लाइट नेपालमा सार्वजानिक गर्ने तयारी गरेको छ । भिभो भी८० लाइटले स्मार्टफोन बजारमा नयाँ शैली र अनुभव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
परिष्कृत कर्भ्ड डिजाइन तथा आधुनिक प्रविधिको संयोजनसहितको स्मार्टफोनले दैनिक प्रयोगलाई थप सहज र प्रिमियम बनाउने लक्ष्य राखेको छ । यसको डिजाइनसँग जोडिएको ‘स्ले एभरी एज’ अवधारणाले स्मार्टफोनको सौन्दर्यसँगै प्रयोगकर्ताको सहजतालाई समेत प्राथमिकता दिने देखिन्छ । यस अवधारणाअन्तर्गत सिमलेस कव्र्स र कम्फर्टेबल ग्रिप (सहज पकड) लाई विशेष ध्यान दिइएको छ ।
साथै, अल्ट्रा–स्लिम युनिबडी डिजाइनमा आउने भनिएको भी८० लाइटमा ७०५० एमएएच अल–डे ब्याटरी (दिनभर चल्ने ब्याटरी) उपलब्ध हुने अपेक्षा गरिएको छ ।
भिभो भी८० लाइटको डिजाइनलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको अर्को विशेषता यसको स्काइलाइन क्यामेरा डिजाइन र उत्कृष्ट सिल्क ह्वाइट फिनिस होे, जो चराको उडान भर्ने क्षणबाट प्रेरित छ । तेर्सो क्यामेरा मोड्युलले फैलिएको पखेटाको आकारलाई प्रतिबिम्बित गर्दछ, जसले स्मार्टफोनको समग्र डिजाइनमा आधुनिक तथा गतिशील सौन्दर्य थप्ने अपेक्षा गरिएको छ ।
कार्यसम्पादनतर्फ, भिभो भी८० लाइटमा मिडियाटेक डाइमेनसिटी ७३६०–टर्बो चिपसेट रहनेछ । ४ एनएम प्रोसेसमा आधारित यस प्रोसेसरले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङमा सहज र भरपर्दो कार्यसम्पादन प्रदान गर्ने जनाइएको छ । यसले ५०–महिनासम्म सहज अनुभव, ३ जेनरेसन ओएस अपग्रेड र ५ वर्षको सुरक्षा अपडेट प्रदान गर्ने कम्पनीले जनाएको छ ।
मोबाइल गेमिङमा रुचि राख्ने प्रयोगकर्ताका लागि पनि यो स्मार्टफोन आकर्षक विकल्प हुन सक्ने देखिन्छ । यसले ३० डिग्री सेल्सियसको वातावरणमा मोबाइल लेजेन्डमा ३ घण्टासम्म ९० एफपीएस स्थिर गेमिङ अनुभव प्रदान गर्न सक्नेछ । यससँगै १.५के अल्ट्रा क्लियर एमोलेड डिस्प्ले रहने अपेक्षा गरिएको छ, जसले भिडियो हेर्दा, गेम खेल्दा तथा दैनिक सामग्री प्रयोग गर्दा थप इमर्सिभ भिजुअल अनुभव प्रदान गर्नेछ ।
क्यामेरा क्षमतातर्फ पनि भिभो भी८० लाइटले विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । यसमा ३२ मेगापिक्सेल ग्रुप सेल्फी क्यामेरा उपलब्ध हुने जनाइएको छ, जसले समूहमा सेल्फी खिच्दा धेरै व्यक्तिलाई एउटै फ्रेममा सहज रूपमा समेट्न सहयोग गर्नेछ ।
त्यसैगरी, कम प्रकाशमा पोट्र्रेट फोटोग्राफीलाई थप प्रभावकारी बनाउन ५० मेगापिक्सेल क्लियर नाइट पोट्र्रेट क्यामेरा रहने छ । सोनी सेन्सरमा आधारित यस क्यामेराले रातको समयमा तथा कम प्रकाश भएको वातावरणमा स्पष्ट र आकर्षक पोट्र्रेट खिच्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।