काठमाडौँ, नेपालमा लामो समयदेखि बहुप्रतिक्षित मानिएको टाटाको नयाँ ‘पञ्च ईभी’ काठमाडौँमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा सार्वजानिक भएसँगै देशैभरका आधिकारिक शोरुमहरूमा उपलब्ध भएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको यस विद्युतीय कम्प्याक्ट एसयूभीलाई नेपालभरका शोरुमहरूमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार नयाँ पञ्च ईभी पूर्वका बिर्तामोडस्थित अलास्का अटोमोबाइल्स प्रा.लि, विराटनगर र इटहरीका गोयल अटो प्रा.लि., मधेस प्रदेशका गिरिजा अटोमोबाइल्स प्रा.लि. र राज अटो प्रा.लि., पोखराको दीप मोटर्स, नारायणगढको सफल मोटर्स, भैरहवाको अम्बु मार्केटिङ, बुटवलको सफल अटो इन्टरनेसनल, नेपालगञ्जको रुद्रप्रिया इन्टरनेसनल तथा धनगढीको गार्स ट्रेडिङ कन्सर्नमा उपलब्ध छ ।
कम्पनीका अनुसार नाइमा अटो शोको अवधिमा बुकिङ भएका सवारीहरू ३२ लाख ९९ हजारमा उपलब्ध गराइने छ । नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । साथै, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ ।