काठमाडौँ, आइसिसी विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याटिङ ‘कोल्याप्स’ भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र जोड्न सक्यो । नेपालका लागि सर्वाधिक रन आरिफ शेखले ४१, गुलशन झा २९, दिपेन्द्र सिंह ऐरी २१ रन बनाउन बाहेक अरु कुनै पनि व्याटरले दोहोरो रन बनाउन सकेनन् ।
नेपाललाई कम स्कोरमा रोक्न रोएलोफ भानडर मर्वेले ३ विकेट, एलेक्स रोयले ३ विकेट, लोगन भान बीक २ र काइल क्लाइनले १ विकेट लिए । यो श्रृङ्खला अन्र्तगतको पहिलो खेलमा नेपालले नामेबियासँग श्रमनाक तरिकाले आठ विकेटले पराजीत भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।