काठमाडौंं, नेपाल एसबीआई बैंक लिमिटेड, इन्डियन च्याम्बर अफ कमर्सद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित भएकोे छ । बैंकले बेस्ट बैंक इन एमएसएमई एक्सीलेरेसन, बेस्ट पर्फमेन्स अन एसेट क्वालिटी, बेस्ट पर्फमेन्स अफ प्रोभिटिबिलिटी र बेस्ट कर्मसियल बैंक विधामा उक्त सम्मान प्राप्त गरेको हो ।
भारतको नयाँ दिल्लीमा इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द तथा वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए । यी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिन्छ ।
यस अवसरमा बैकले बैंकप्रति निरन्तर विश्वासका साथ सहकार्य गर्न हाम्रा आदरणीय सेयरधनी तथा ग्राहकहरूमा हार्दिक आभार व्यक्त गर्दै उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्ने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ । यसले सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउन प्रेरित गर्ने बैंकले जानकारी दिएको छ ।
बैंकले विगत ३३ वर्षदेखि बंैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका एक सय तीनवटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, एक सय २७ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।