विराटनगर, सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद पूर्ण रूपमा साम्य नभएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिअनुसार आज अपराह्न ३ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।
कर्फ्यु अवधिमा यदि तिमी तोकिएको क्षेत्रभित्र छौ भने कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनौ।प्रशासनका अनुसार कर्फ्यु पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर–दक्षिणतर्फ महेन्द्रराजमार्गको दुवैतर्फ २०० मिटर क्षेत्र र इनरुवा बजार क्षेत्रभित्र लागू हुनेछ। प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न र शान्ति–सुरक्षा कायम राख्न सबैसँग आग्रह गरेको छ।