काठमाडौं, नेप्से सुचक तथा कारोबार रकम दुबै बढेका छन् । अघिल्लो दिन अघिल्लो दिन ४१ दशमलव ७० बिन्दुले उकालो लागेको शेयर बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि सात दशमलव २५ अंकले उकालो लागेर २७ सय २६ दशमलव ४९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव १८ अंकले ओरालो लागेर चार सय ७२ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४३ वटा कम्पनीहरुको ७५ हजार १० पटकको कारोबारमा एक करोड ४९ लाख २४ हजार तीन सय दुई कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब ६७ करोड १० लाख १७ हजार नौं सय ७१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, उत्पादनमुलक, लगानी, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेपनि बिकास बैक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।