भक्तपुर,फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भक्तपुरमा भएको झडपमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया घर भएका २६ वर्षीय राज कार्की रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भक्तपुरको घ्याम्पेडाँडास्थित एक होटलमा विश्वकपको फाइनल खेल हेर्ने क्रममा विवाद भएपछि दुई पक्षबीच कुटाकुट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा सोमबार मध्यपुर अस्पतालमा मृत्यु भएको हो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूमाथि म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए। प्रहरीले घटनाको स्क्रिनिङ तथा थप अनुसन्धान गरी वास्तविक रूपमा संलग्न व्यक्तिहरूमाथि मात्रै मुद्दा चलाउने तयारी गरेको जनाएको छ।