काठमाडौं, सभामुख डोलप्रसाद (डीपी) अर्याल र प्रधानमन्त्री वालेन्द्र शाहबीच मंगलबार दिउँसो अर्थपूर्ण रूपमा भेटवार्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) करिब दुई तिहाइ बहुमतको सरकारका प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता भएकै दिन भने प्रतिनिधिसभाको बैठक आवश्यक गणपुरक संख्या कोरम पुग्न नसकेको भन्दै विरोध भएको छ ।
शाह र अर्यालबीच भेटवार्ता भएको दिन अर्थात् बुधबार बसेको प्रतिनिधिसभाको बैठक आवश्यक गणपुरक संख्या कोरम पुग्न नसकेर भदौ १ गतेसम्मका लागि स्थगित गरिएको छ र त्यो निर्णय पनि कम महत्वको मानिएको छैन । प्रधानमन्त्री र सभामुखबीचको त्यो ऐतिहासिक भेटवार्तापछिको संसद् बैठकमा रास्वपाका ५७ जना सांसद मात्रै उपस्थित रहेका थिए । त्यसले पनि निकै ठूलो सन्देश दिएको छ ।
शिवपुरीको जंगलतिर गोलभेँडा टिप्न गएकाले सांसदहरू संसद् बैठकमा अनुपस्थित भएका थिएनन् । त्यसो त शिवपुरीको जंगलमा गोलभेँडा पाइने पनि होइन । तर पनि सत्तारुढ रास्वपाका सांसदहरूले अघोषित रूपमा संसद् बैठक किन बहिष्कार गरे ? भन्नेचाहिँ निकै रहस्यमय विषय बन्न पुग्नु अस्वाभाविक पनि होइन । संसद्मा जे भए पनि, जसरी भए पनि संवेदनाहीन रूपमा सञ्चालन गर्ने सभामुख मंगलबार के त्यस्तो सूचनाका कारण लत्रेर प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए भन्ने विषय पनि कम चासोको विषयचाहिँ बनेको छैन ।