काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार गोल्ड स्टारकी मनपसन्द सांसद विदुषी राणा उपाध्यायको संयोजनमा चार जना व्यापारीलाई भेटेर मुलुकको अर्थतन्त्र उकास्न दुई घण्टा छलफल गरेपछि सरकारले सकेसम्म वैदेशिक लगानी (एफडीआई) अस्वीकार गर्ने गम्भीर त्रुटिपूर्ण निष्कर्ष निकालिएको छ ।
प्रधानमत्री बाहसँग शुक्रबार व्यापारीहरू विनोद चौधरी पवन गोल्यान, चन्द्र ढकाल र उमेश श्रेष्ठले सामूहिक भेटवार्ता गरेका थिए । वार्ताका लागि बोलाइए पनि गत वर्ष जेनजी विद्रोहका नाममा आगजनी गराएर खरानी बनाइएको भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङचाहिँ अस्वस्थताको कारण देखाएर अनुपस्थित भएका थिए । उक्त वार्ताबाट नियम कानुन सच्चाएर नेपाली व्यापारीहरूमार्फत उद्योग धन्दामा लगानीको वातावरण बनाउने टुंगो गरिएको छ ।
उक्त वार्तामा नेपाली व्यापारीले लगानी जुटाउन नसक्ने क्षेत्रमा एनआरएनमार्फत लगानी गराउने र ती दुवैले लगानी गर्न नसकेको अवस्थामा कान्छो दाउको रूपमा प्रत्यक्ष विदेशी लगानी एफडीआई आउन दिने भनिएको छ ।
मुलुकको निर्माण र समृद्धिको यात्रामा व्यापारीहरूको भर परेर एफडीआई निषेध गर्ने सरकारी प्रयास कालान्तरमा नेपालका लागि अत्यन्त गलत कदम हुने लगभग निश्चितजस्तै छ । त्यसमाथि पनि चार जना व्यापारीलाई मुलुकको अर्थतन्त्रको जिम्मा लगाउँदा मुलुकमा औद्योगीकरण हुनुको सट्टा व्यापारीले यताका माल उता, उताका माल यता गरेर कमाउन पल्केका हुन्छन् । त्यस्ता व्यापारीले उद्योग धन्दामा लगानी गरेर लामो समयपछिको प्रतिफलको प्रतीक्षा गर्न सक्दैनन् । व्यापरीहरूमध्ये केही त वैध व्यापारमा अवैध माल मिसाएर व्यापर गरेर रातारात धनी हुन पनि पछि पर्दैनन् ।
त्यस्ते रातारात धनी भएका विभिन्न व्यापारीहरूमध्येका प्रतिनिधि पात्र हुन् । ती चार व्यापारी गोरु पाल्नेले भैँसी पाल्दैन । छोरी पाल्नेले बुहारी पाल्दैन भनेजस्तै व्यापारीले पनि उद्योग धन्दा गर्दैन । तर प्रधानमत्री शाहले चार व्यापारीलाई बोलाएर मुलुकको औद्योगीकरणको लगभग जिम्मा लगाएजस्तो प्रचार बाजी सुरु भएको छ । ती चार जना व्यापारीमध्ये विनोद चौधरी, चन्द्र ढकाल र आइरहेका पात्र हुन् । तर ती चारमध्येका आर्का अहिलेका व्यापारी अहिले गगन कांग्रेसका कोषाध्यक्ष पनि हुन् ।
यसअघि उनी शेरबहादुर देउवा कांग्रेसको पनि कोषाध्यक्ष थिए । त्यसअघि उनी २०४६ को जनआन्दोलन ताका पञ्चायतको मलामी भनेर चिनिने तत्कालीन प्रधानमन्त्री परिचमान सिंहको अन्यत्र सहयोगी थिए । मरिचमान शिक्षामन्त्री हुँदा ज्यालादारी सुब्बामा छिरेका श्रेष्ठले मरीचमान प्रधानमन्त्री हुँदा उनकी छोरी रस्मीलाई सिंगापु घुमाउन लगेका थिए । त्यहाँबाट फर्कदा एयरपोर्टबाट चेकजाँच छलेर दुईवटा सुटकेस भित्र्याएका थिए ।
त्यसपछि उमेश श्रेष्ठ ज्ञानोदय स्कुलबाट निस्किएर लिटिल एन्जल्स स्कुल खोल्न पुगेका थिए । त्यहीबाट उनको विवादास्पद व्यावसायिक यात्रा सुरु भएको थियो । भोजपुरको हरितन्तमा केटो शल्यानको मरिचमानको आड लागेर आज व्यापारको विशाल साम्राज्य खडा गर्न सफल भएको छ । उनको लगानीको स्रोत अहिले पनि शंकास्पद नै मानिएको छ । त्यस्ता स्रोत नखुलेका व्यापारीहरूको नाम अहिले पनि औँला भाँची–भाँची गन्न सकिने अवस्था छ तर मुलुक एफएटीएफको खैरो सूचीमा परेर कालोसूचीमा पर्ने खतरा भए पनि त्यस्ता स्रोत नखुलेका धनका कारोबारीहरूमाथि कुने छानबिन हुने गरेको छैन र राज्यले त्यस्तै शंकास्पद व्यापारीहरूलाई मुलुकको पुनः निर्माणको काम सुम्पिएर तयार भएको देख्दा विश्लेषकहरूले मुलुकको दुर्भाग्य ठान्न थालेका छन् ।
प्रधानमन्त्री शाहले मुलुकको आर्थिक पुनरुत्थान गर्ने, निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने, नीतिगत सुधार गर्ने र लगानीको सुरक्षा प्रत्याभूत गर्ने उद्देश्यले ती व्यापारीलाई छलफलका लागि बोलाइएको बताइएको छ तर प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वलाई पन्छाएर चार व्यापारीलाई बोललाएर परामर्श गर्नुले सरकारले उद्योगधन्दा विस्तारतर्फ भन्दा पनि इधरका माल उधर गर्न गराउने र त्यसको नाफामा हिस्सेदारी खोजेको जस्तो देखिन पुगेको छ । प्रधानमन्त्रीले देश बनाउने साथ खाजेका चार विवादास्पद व्यापारीलाई बोलाएर परामर्श गर्नुले सरकारले उद्योगधन्दा विस्तार र त्यसको नाफामा हिस्सेदारी खोजेको जस्तो देखिन पुगेको छ ।