काठमाडौ, रसुवा वाढी प्रभावितहरुको लागी यामाहा नेपाल परिवारले आर्थिक सहयोग गरेको छ । यामाहा २–व्हीलर डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डमार्फत १५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
यस्तै, यामाहा डिभिजनको जेन–जी टिमले आफ्नो व्यक्तिगत बचतबाट १५ हजार रुपैयाँ योगदान गरेको जनाएको छ । बाढीका कारण विभिन्न स्थानमा घर तथा सम्पत्तिमा क्षति पुगेको र मानवीय क्षतिसमेत भएको अवस्थामा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको यामाहा नेपालले जनाएको छ ।
यामाहा नेपालका अनुसार डिभिजन, डिलर तथा यामाहा राइडरहरूको सहभागितामा राहत तथा सहयोग अभियान अघि बढाइएको हो । उपलब्ध स्रोत र आवश्यकताका आधारमा प्रभावित समुदायसम्म सहयोग पुर्याउने प्रयास गरिने कम्पनीले जनाएको छ । बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणको प्रक्रियामा प्रभावित समुदायलाई आवश्यकताअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता पनि यामाहा नेपालले व्यक्त गरेको छ ।