काठमाडौ, रसुवा वाढीपीडितहरुको सहयोगको लागी मोवाईल फोन ईम्पोटर्स एशोशियन (एमपीआईए)ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाले बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले अर्थमन्त्री डा स्वािणर््म वाग्लेलाई सो रकम हस्तान्तरण गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उक्त सहयोग रकम उपयोग हुने संस्थाको विश्वास छ ।
संकलित सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरू सहभागी थिए । अध्यक्ष मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व रहेको बताए । उनले विपद्को समयमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरकार तथा प्रभावित समुदायसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।