काठमाडौं, शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ । अघिल्लो दिन १५ दशमलव ४७ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार १३ दशमलव ८५ अंकले ओरालो लागेर २५ सय ३१ दशमलव ५५ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४० अंकले ओरालो लागेर चार सय ४९ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४१ वटा कम्पनीहरुको ४४ हजार एक सय ९८ पटकको कारोबारमा एक करोड पाँच लाख ८८ हजार छ सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब नौं लाख ७१ हजार आठ सय ९८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै देखिएको छ ।