काठमाडौं, नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजना सार्वजनिक गरेको छ ।
स्टल नम्बर टीडब्लूई–११ मा उपलब्ध यस योजनाअन्तर्गत नाडा अटो शो अवधिभर भेस्पा वा अप्रिलिया खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्नेछन् । खरिद गर्ने ग्राहकले विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्यागसमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यो योजना नगद, वित्तीय सुविधा तथा साटफेरमार्फत खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ । यस वर्ष भेस्पाले नाडा अटो शोमा आफ्नो उपस्थिति थप विशेष बनाउँदै इटालियन क्याफेबाट प्रेरित विषयवस्तुमा आधारित स्टल तयार गरेको छ । स्टलको डिजाइनमार्फत भेस्पाको प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभव प्रस्तुत गरिएको छ ।
प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ अप्रिलिया एसआर १७५ एचपीई, लाइलाक रङको भेस्पा १२५ तथा ओरो रङको भेस्पा एस १२५ प्रस्तुत गरिएको छ । साथै, अप्रिलियाका अन्य मोडलहरू स्टर्म १२५ र एसआर १६० तथा भेस्पाका विभिन्न रङका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ पनि प्रदर्शनीमा राखिएका छन् । यस अवसरमा डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नयाँ अप्रिलिया तथा भेस्पाले ग्राहकलाई नयाँ विकल्पसँगै उत्कृष्ट अनुभव प्रदान गर्ने बताए ।
साथै, भेस्पाको क्याफे शैलीमा आधारित स्टल र ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजनाले नाडा अटो शोको अनुभवलाई थप विशेष बनाउने उनको विश्वास छ । भेस्पा र अप्रिलियाका नवीनतम मोडल तथा विशेष अफरबारे जानकारी लिन नाडा अटो शो २०२६ को स्टल नम्बर टीडब्लूई–११ मा भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ ।