काठमाडौं, सामसङ नेपालले आकर्षक उपहारसहित विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना टीभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक दिनेगरि अफर सार्वजानिक गरेको हो ।
सीमित अवधिका लागि लागू हुने यस योजनाअन्तर्गत टीभी, वासिङ मेसिन र रेफ्रिजेरेटर खरिदमा विभिन्न छुट तथा उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ । अफरअन्तर्गत ७ देखि १२ केजी क्षमताका चुनिएका सामसङ वासिङ मेसिनमा २३ प्रतिशतसम्मको इन्स्ट्यान्ट क्यासब्याक उपलब्ध छ ।
एआई इकोबबल वासर–ड्रायरमा २३ प्रतिशतसम्म, एआई इकोबबल फ्रन्ट लोडमा २२ प्रतिशतसम्म तथा फुल्ली अटोमेटिक तथा सेमी अटोमेटिक टप लोड मोडलमा १२ प्रतिशतसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ । रेफ्रिजेरेटरतर्फ डब्लल डोर मोडलमा १७ प्रतिशतसम्म, फाइभ इन वानमा १५ प्रतिशतसम्म, सिंगल डोरमा १५ प्रतिशतसम्म र साइड वाइ साइड मोडलमा ११ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टीभी खरिदमा पनि मोडलअनुसार क्यासब्याक तथा उपहारको व्यवस्था गरिएको छ । क्यूएलईडी टीभीमा १८ प्रतिशतसम्म, यूएचडीमा १२ प्रतिशतसम्म, एचडीमा २१ प्रतिशतसम्म तथा नियो क्यूएलईडीमा ७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ । चुनिएका ७५ इन्च यूएचडी र ८५ इन्च मिनी एलईडी टीभीसँग ४९ हजार ९९९ रुपैयाँ मूल्यको साउन्डवार निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसैगरी, चुनिएका टीभी मोडल खरिदमा १२ महिनासम्मको निःशुल्क नेट टीभी सबक्रिब्सन तथा एफएचडी र एचडी मोडलमा ६ महिनासम्मको निःशुल्क नेट टीभी सबक्रिब्सन उपलब्ध हुने छ । ग्राहकले सामसङका होम अप्लायन्सेस २४ महिनासम्मको ईएमआई योजनामा पनि खरिद गर्न सक्नेछन् ।