काठमाडौ, यशोदा ग्रुपले रसुवा बाढीपीडितहरुको लागी ३ करोड ५१ लाख बढी आर्थिक सहयोग गरेका छन् । ग्रुप अन्तर्गत यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोले उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम हस्तान्तरण गरेका हुन् । साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा ३० लाख रुपैयाँ बराबरको करेन्ट चाउचाउ सहयोग गरेको छ । आवश्यक परेमा अझै पनि चाउचाउ पठाउन तयार रहेको कम्पनीले जनाएको छ ।