काठमाडौं, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रेना रिजाललाई कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ ।
कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले रिजाललाई कामु प्रमुख कार्यकारीमा जिम्मेवारी दिने निर्णय गरेको हो । यसका साथै सोही बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले पेस गरेको राजीनामा पनि स्वीकृत गरेको छ । भट्टराई गत वैशाख १३ गते कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । नियुक्त भएको करिब तीन महिनामै उनले पदबाट राजीनामा दिएका हुन् ।
भट्टराईको राजीनामापछि कम्पनीको दैनिक व्यवस्थापन र नेतृत्वको जिम्मेवारी डेपुटी सीईओ रिजालले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने कम्पनीले जानकारी दिएको छ ।