काठमाडौं, शेयर बजारमा सुधार आएको छ । अघिल्लो दिन २१ दशमलव १६ अंकले खुम्चिएको शेयर बजार साताको तेस्रो कारोबार दिन आज बुधबार चार दशमलव ७९ अंकले उकालो लागेर २६ सय ६७ दशमलव ९७ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ६० अंकले ओरालो लागेर चार सय ६७ दशमलव ३६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५० वटा कम्पनीहरुको ६१ हजार दुई सय ८६ पटकको कारोबारमा एक करोड ६७ हजार सात सय ३२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ४० करोड ९८ लाख ८६ हजार चार सय ५७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमधे जलबिद्युत, व्यापार, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।