काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन सात दशमलव ७९ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार १६ दशमलव २९ अंकले ओरालो लागेर २६ सय ७२ दशमलव ५८ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ६९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३७ वटा कम्पनीहरुको ४४ हजार छ सय ५१ पटकको कारोबारमा ७५ लाख ४८ हजार पाँच सय ९१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ३८ करोड १३ लाख १८ हजार दुई सय ४८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै देखिएको छ ।