काठमाडौं, सरकारले सोमबार पुँजीबजार सुधार सम्वन्धी २१ बुंदे कार्ययोजना कार्यान्वयन गर्ने घोषणा गरे संगै त्ससको सकारात्मक प्रभाव शेयर बजार देखिएको छ । सो अनुसार अघिल्लो दिन २५ दशमलव ५५ अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से मंगलबार ४८ दशमलव ५७ अंकले उकालो लागेर २६ सय ३३ दशमलव ६२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव १९ अंकले उकालो लागेर चार सय ६७ दशमलव ४५ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४७ वटा कम्पनीहरुको ७८ हजार आठ सय ६९ पटकको कारोबारमा दुई करोड तीन लाख ८७ हजार चार सय १३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम आठ अर्ब २९ करोड १७ हजार एक सय १५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजारमा पुरै हरियाली छाएको छ ।