काठमाडौं,शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ९५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार १४ दशमलव १७ अंकले उकालो लागेर २७ सय २६ दशमलव ७२ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९८ अंकले उकालो लागेर चार सय ७१ दशमलव ३० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३८ वटा कम्पनीहरुको ५७ हजार सात सय ८२ पटकको कारोबारमा एक करोड ७७ हजार दुई सय २२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार तीन सय ७० रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये सामुहिक लगानी कोष र अन्य उपसमुहको खुम्चिएपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।