काठमाडौं,शेयर बजारको उकालो यात्राले साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १४ दशमलव १७ अंकले उकालो लागेको नेप्से परिसुचक आज पनि सात दशमलव ९० अंकले उकालो लागेर २७ सय ३४ दशमलव ६३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १६ अंकले उकालो लागेर चार सय ७३ दशमलनव ४७ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५३ वटा कम्पनीहरुको ७० हजार एक सय ५८ पटकको कारोबारमा एक करोड ३७ लाख ६९ हजार एक सय कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब २६ करोड ७२ लाख २६ हजार सात सय २२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र लघुवित्त सहितका सात वटा उपसमुहहरुको सुचक उकाालो लागेका छन् भने फाईनान्स, जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहकको सुचक ओरालो लागेका छन् ।