काठमाडौं, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल पुनः जिम्मेवारीमा फर्किएका छन् । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्याल साउन २२ गते शुक्रबारबाट पूर्ववत् रूपमा काममा फर्किएका हुन् ।
अर्याललाई कर्मचारीको भागमा पर्ने सेयर (ईएसओपी) बाँडफाँटमा अनियमितता गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गत चैत १६ गते पक्राउ गरेको थियो । तर अनुसन्धानका क्रममा आरोप पुष्टि हुने कुनै कैफियत फेला नपरेपछि सीआईबीले चैत २२ गते नै उनलाई रिहा गरेको थियो । कम्पनीले सञ्चालक समितिको निर्णयअनुसार अर्यालले शुक्रबारदेखि पुनः आफ्नो नियमित जिम्मेवारी सम्हालेको जनाएको छ ।