काठमाडौं । अमेरिकी संस्था सामारिटन्स पर्सले नेपालका बाढीपीडितका लागि पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त राहत सामग्री नेपाल आइपुगेको जानकारी दिएको हो। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने उद्देश्यले पठाइएको सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सोलार लाइटलगायत अत्यावश्यक सामग्री समावेश छन्।
प्राप्त जानकारीअनुसार, यी राहत सामग्री भोटेकोसी बाढी प्रभावित क्षेत्रका करिब २ हजार ६ सय परिवारलाई उपलब्ध गराइनेछ।हाल बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकाय सक्रिय रहेका बेला सामारिटन्स पर्सबाट आएको यो सहयोगले प्रभावित परिवारको तत्कालीन आवश्यकतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।