काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाँच दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन’ कर्जा सार्वजनिक गरेको छ । बैंकका अनुसार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ पाँच वर्षका लागि स्थिर रहने गरी पाँच दशमलव ९९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा ‘सजिलो घर कर्जा’ साथै तीन वर्षको लागि स्थिर रहने गरी पाँच दशमलव ९९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरिएको हो ।
यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर घर कर्जामा पाँच वर्षसम्म स्थिर र सवारीसाधन कर्जामा तीन वर्षसम्म स्थिर रहने छ । स्थिर अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा एक दशमलव ५५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिनेछ । यस आकर्षक योजनामा सहभागी हुनको लागि ग्राहकहरूले नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।