काठमाडौं, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो मानविय तथा भौतिक क्षति भएको विषम परिस्थितिमा प्रभावित जनसमुदायको लागि राहत, उद्धार र पुनःस्थापनाको लागि रकम सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग स्वरुप एक करोड एक लाख रुपैयाँ बराबरको चेक कम्पनीका सञ्चालक हसना शर्माद्धारा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
यस अघि २०८१ सालमा आएको बाढीवाट प्रभावितको लागि ५१ लाख र जेन्जी आन्दोलनको क्रममा क्षति भएको राष्ट्रिय सम्पदा पुनर्निर्माणको लागि एक करोड एक लाख प्रदान गरेका थियो भने यी घटनाहरूबाट क्षति भएका सम्पत्तीहरूको बीमा दाबी पनि यथा समयमा फर्छ्यौट गरी दाबी भुक्तानी गरेको कम्पनीको भनाइ छ ।