काठमाडौं, सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, निर्देशक हेमन्त नहता र प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले उक्त एक करोड रुपैयाँको सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यस सहयोगले उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास गरेको कम्पनीले जनाएको छ ।