काठमाडौं । स्मार्ट सेल घोटालामा मुद्दा दर्ता भएका २२ जना बिरुद्ध ९६ अर्ब १२ करोड १७ लाख २० हजार रुपैया विगो दावी गरिएको छ । सर्वेश जोशी, शतिशलाल आचार्य, सचिनलाल आचार्य, भास्कर नरसिंह जोशी, ज्योतिप्रकाश पाण्डे, पृथ्वी बहादुर पाण्डे, प्रजन्य राजभण्डारी, कवि कुरमार टिवर्डेवाल, पीपङ्कर शाक्य उदय, शालिकराम बेलवासे र शोभा श्रेष्ठसँग ४ अर्ब २७ करोड रुपैयाँ विगो दाबी माग गरिएको छ ।
त्यसैगरी, पलिना श्रेष्ठसँग ४ करोड ४५ लाख खुमनाथ अधिकारीसँग ४ करोड २५ लाख र नरेन्द्र उल्क श्रेष्ठसँग ४ करोड २५ लाख रुपैयाँ विगो माग गरिएको छ भने सर्वेश जोशी, शतिशलाल आचार्य , भावना सिंह श्रेष् र सचिनलाल आचार्यसँग ४ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ विगो माग गरिएको छ त्यसैगरी शतिशलाल आचार्य, डा.श्रीधर सरिपुत्ता हन्स विजय सुरिया, अब्दुजावोर कायुगो, थन्डालाम भिरा भिल्ली थिरुमला चारी, अमाली नानायाकरा, डोनाल्ड जेन्सरे र नियो हुई यूसँग ८७ अर्ब २ करोड ६४ लाख रुपैयाँ विगो दावी गरिएको छ ।